पूर्वी तराईमा मेघगर्जन र चट्याङसहित वर्षा

7.9k Shares

काठमाडौं । पूर्वी तराईमा मेघगर्जन र चट्याङसहित भीषण वर्षा भएको छ । बुधबार बिहानदेखि नै पूर्वी तराईको झापा, मोरङलगायतका जिल्लामा भीषण वर्षा भएको हो ।

नेपालमा वर्षा नहुँदा प्रदूषणको तह जोखिमपूर्ण छ । जसले आँखा पोल्ने, टाउको दुख्नेलगायतका समस्याहरु देखिरहेका छन् । ठुलो पानी परेसँगै काठमाडौं उपत्यका लगायत प्रदूषण बढी भएका शहरहरुबाट प्रदूषण हट्ने बताइएको छ । 

तर काठमाडौं उपत्यकामा वर्षा नहुँदा केही दिन यता प्रदूषण उच्च भएको शहरमा विश्वकै पहिलो स्थानमा रहेको छ । काठमाडौंमा वर्षा हुन नसके पनि पूर्वी तराईमा भने मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । 

सम्बन्धित समाचार