गुल्मीको सिमीचौरमा स्काभेटर दुर्घटना

7.8k Shares

रेसुं । गुल्मीको सिमीचौरमा स्काभेटर दुर्घटना भएको छ । दुर्घटनामा चालक दाङ लमही नगरपालिका–१ का ३० वर्षीय यंकबहादुर मगर घाइते हुनुभएको छ । उहाँको टाउको, ढाड र दाँया खुट्टामा चोट लागेकाले गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रेसुंगा नगरपालिका–१० मा देउराली–सिमिचौर एयरपार्ट पक्की सडकखण्डको फाउण्डेशन खन्ने क्रममा स्काभेटर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

इन्द्र एम के जेभीकोले सडक निर्माणको काम गरिरहेको छ । फाउण्डेसन खन्ने क्रममा अचानक माटो भाँसिएपछि लु १ क ५६७९ नम्बरको स्काभेटर दुर्घटनामा परेको प्रवक्ता सारुले बताउनुभयो । 

सडकमै स्काभेटर दुर्घटना भएकाले केहीदिन ठुला गाडीहरु सञ्चालन नहुने रेसुंगा नगरपालिका–१० का वडाध्यक्ष राम बहादुर बस्नेतले बताउनुभयो ।

सम्बन्धित समाचार