मकवानपुरमा बसको ठक्करबाट एक जनाको ज्यान गयो

6.1k Shares

काठमाण्डौ – मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–९ खरङ्गामा पर्ने पूर्व – पश्चिम सडक खण्डमा बसको ठक्करबाट उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर–२ संगमटोल बस्ने ५८ वर्षीय जित बहादुर प्रधानको ज्यान गएको छ ।

काठमाण्डौबाट जनकपुरतर्फ जाँदै गर्दा आफ्नो गाडी रोकेर शौचालय जानको लागि बाटो काट्ने क्रममा ना ८ ख १८०९ नम्बरको बसले प्रधानलाई ठक्कर दिएको हो ।

उहाँलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा डाक्टरले ज्यान गइसकेको घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो  ।

ठक्कर दिने बसका चालक धादिङ  सिद्धलेक गाउँपालिका वडा नम्बर–३ बस्ने २६ वर्षीय मोहन थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ । 

सम्बन्धित समाचार