ओठ तथा तालु फाटेका बालबालिकाको निःशुल्क शल्यक्रिया गरिने

7.1k Shares

प्युठान । प्युठानमा जन्मिदै ओठ तथा तालु (जिव्रो भन्दामाथि) फाटेका बालबालिकाको लागि निःशल्क उपचार गरिने भएको छ । जिल्लाका विभिन्न ठाउँमा छनौट शिविर मार्फत भेटिएका बालबालिकाको प्लाष्टिक सर्जरी (शल्यक्रिया) गरिने भएको छ । 

बि एण्ड बि अस्पतालको आयोजना, राष्ट्रिय अपाङ्ग सेवा सङ्घ प्युठानको सह–आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय प्युठानको समन्वयमा चार वटा पालिकामा छनौट शिविर सम्पन्न भएको जिल्ला प्रतिनिधि जुमान सिंह केसीले बताउनुभयो । उक्त छनौट शिविरबाट ओठ तथा तालु फाटेका सात जना बालबालिका छनौट भएका छन । शिविरमा अन्य नौ जनालाई उपचार परार्मश सेवा दिएको केसीले बताउनुभयो ।

शिविरबाट छनौट भएका विरामीलाई काठमाडाैं लगेर निःशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ । साथै शल्यक्रियाको लागि जाने विरामी तथा एक जना कुरुवालाई आउने जाने गाडी भाडा सहित खानबस्नको समेत व्यवस्था गरिएको केसीले जानकारी दिनुभयो । 

जन्मिदै ओठ तथा तालु फाटेका बालबालिकाहरु आर्थिक अभावका कारण चेकजाँच, उपचार तथा शल्यक्रिया गर्नबाट बञ्चित हुने गरेकाले वर्षेनी छनौट शिविर सञ्चालन गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार