इस्तानबुलका मेयरका वकिल पनि पक्राउ

9.5k Shares

इस्तानबुल-  इस्तानबुलका जेलमा रहेका मेयर एकरेम इमामोग्लुले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्ना वकिललाई हिरासतमा लिइएको बताएका छन् । ‘मेरा वकिल मेहमत पेहलिभानलाई बिना कुनै कसुर काल्पनिक आधारमा हिरासतमा लिइएको छ,’ इमामोग्लुले आफ्नो कानुनी टोलीमार्फत प्रकाशित एक्समा एक पोस्टमा भनेका छन् । 

उनले लेखेका छन्, ‘मानौँ लोकतन्त्रविरुद्धको ‘कू’ पर्याप्त थिएन, उनीहरू पीडितहरूले आफ्नो बचाउ गरेको सहन सक्दैनन् ।’ ‘मेरो वकिललाई तत्काल रिहा गर्नुहोस्,’ उनले भने ।

गत मार्च १९ मा इमामोग्लुको गिरफ्तारीपछि देशभर भएको व्यापक विरोध प्रदर्शनको रिपोर्टिङका लागि टर्कीएका थप दुई जना पत्रकारलाई पनि पक्राउ गरिएको टर्कीए पत्रकार सङ्घ (टिजिएस) ले एक्समा गरेको एक पोस्टमा उल्लेख गरेको छ ।

उनीहरू एभ्रेन्सल अखबारका संवाददाता निसा सुडे डेमिरेल र इथा न्यूज एजेन्सीका लागि काम गर्ने एलिफ बेबट भएको पत्रकार सङ्घले जनाएको छ । 

पत्रकार सङ्घले जनाएको छ, ‘पत्रकारलाई आफ्नो काम गर्न दिइयोस् । सबै गैरकानुनीरूपमा हिरासतमा लिइएका नागरिक तथा पत्रकारको शीघ्र रिहाइ होस् ।’ टर्कीएका अधिकारीहरूले प्रदर्शनको रिपोर्टिङ गरेको आरोपमा सोमबार पक्राउ परेका ११ जना पत्रकारमध्ये केहीलाई बिहीबार रिहा गरिएको थियो । 

सम्बन्धित समाचार