नरैनापुरका अग्निपीडित परिवारलाई राहत वितरण

9k Shares

नेपालगन् । बाँकेको नरैनापुरका अग्निपीडितका १७ परिवारलाई १० हजार रुपियाँ बराबरको राहत सामग्री वितरण गरिएको छ । नरैनापुरस्थित नेपाल रेडक्रस सोसाइटीको उपशाखाले अग्निपीडितलाई त्रिपाल, ब्ल्याङ्केटका साथ भान्सामा प्रयोग हुने भाँडावर्तन, साबुन, सर्ट पाइन्ट, महिला तथा पुरुषले लगाउने धोती लगायतका लत्ताकपडा उपलब्ध गराएको हो ।

उपशाखाका कोषाध्यक्ष सोहनलाल यादवका अनुसार गाउँमै पुगेर पीडित परिवारलाई प्र्रति परिवार दस हजार रुपियाँ बराबरको राहत वितरण गरिएको हो । नरैनापुरमा गत मंगलबार दिउँसो आगलागी हुँदा १७ घरगोठ जलेर नष्ट भएका थिए। 

आगलागीबाट घरबारविहिन भएकाहरुलाई सुरुमा वडा नम्बर ४ को कार्यालयले तयारी खानेकुरा र बस्ने त्रिपाल लगायतको प्रारम्भिक राहात वितरण गरेको थियो । 

खरले छाएका र एक आपसमा जोडिएका घरगोठ तथा तीव्र हावाहुरीका कारण सो आगो नियन्त्रणमा लिन मुश्किल परेको सशस्त्र प्रहरीका डिएसपी गजेन्द्र चन्दले बताउनुभयो । उहाँले आगलागीका कारण २५ लाख भन्दा बढीको क्षति भएको अनुमान गरिएको पनि बताउनुभयो ।

यो मौसम हावा हुरीको भएकोले आगलागिको सम्भावना अत्यधिक रहेको हुँदा सचेत रहन गाउँपालिकाले सबैसँग अपिल गरेको छ । हरेक वर्ष हावाहुरीको मौसममा नरैनापुरका विभिन्न ठाउँमा आगलागिका घटना हुने गरेका छन् । 

सम्बन्धित समाचार