मकैबारीमा लगेर बालिकामाथि बलात्कार, युवक पक्राउ

16.6k Shares

काठमाडौं । दाङमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–११ बस्ने २३ वर्षीय विनोद वली रहेका छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

वलीले ती बालिकालाई सोही ठाउँस्थित मकै बारीमा लगेर मंगलबार दिउँसो बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । 

सम्बन्धित समाचार