सरकारको यातायात नीति : अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम वृहत् रुपमा सम्पन्न

20.6k Shares

काठमाडौँ । यातायात मिडिया नेटवर्क प्रा.लि.को आयोजनामा 'सरकारको यातायात नीति : अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रम' आज बुधबार वृहत् रुपमा सम्पन्न भएको छ । काठमाडौँको भृकुटीमण्डप अवस्थित नेपाल पर्यटन बोर्डमा उक्त कार्यक्रम एक समाराेहबीच सम्पन्न भएको हो ।

राष्ट्रिय गानबाट शुरुवात भएको उक्त कार्यक्रम अपरान्ह १ बजेदेखि शुरु भएको थियो भने प्रमुख अतिथिका रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले पानसमा दीप प्रज्जवलित गर्नुहुँदै कार्यक्रमलाई अग्रता दिनुभएको थियो । यातायात मिडिया नेटवर्क प्रा.लि. का डाइरेक्टर रीना श्रेष्ठको सभापतित्वमा आयोजना भएको उक्त कार्यक्रममा विशेष अतिथीका रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिब केशब कुमार शर्मा तथा सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेश बहादुर केसी उपस्थित हुनुहुन्थ्याे ।

अरु अतिथहिरुमा यातायात व्यवस्था विभागका डाइरेक्टर गणेश मान सिंह, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँर, लोकतान्त्रिक यातायात व्यवसायी संघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ, सार्वजनिक यातायात केन्द्रिय महासंघका अध्यक्ष डोलनाथ खनाल, उपत्यका ट्राफिक एफएमका उमेश अवस्थी, काठमाडौँ महानगरका प्रतिनीधि नमराज ढकाल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष हरिशरण केसी, पूर्व ए.आई.जी. भीम ढकाल, यातायात नेटवर्कका कृष्ण सागर कार्की, उपत्यका ट्राफिकका एसपी दीपक गिरी, मोडरेटर कृष्णानन्द भट्टराई तथा नेपाल यातायात मजदुर संघ केन्द्रिय महासचित्र जगन्नाथ गौतम लगायत समाजका प्रतिष्ठित व्यक्तित्वहरु, बुद्धीजीवि र विभिन्न संचार माध्यमका पत्रकारहरु सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा सहभागी अतिथीहरुले यातायातलाई अझै मजबुत र सुढृद बनाउन सरकारले याताायत नितीलाई व्यवस्थित दिनुपर्ने कुरामा जोड दिनुभएको थियो । कार्यक्रममा खाजाको व्यवस्था आयोजक संस्थाले गरेको थियो भने कार्यक्रमा अपरान्ह ४ बजे समापन भएको थियो । 

2.JPG4.jpg3.jpg

सम्बन्धित समाचार