विपक्षीको अवरोधपछि प्रतिनिधिसभा स्थगित, भोलि ११ बजे बस्ने

9.3k Shares

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ । आज बसेको पहिलो बैठक अवरुद्ध भएपछि केही समयका लागि स्थगन भएको थियो ।

दोस्रो पटक बसेको बैठक पनि प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले उक्त बैठक बिहीबार बस्ने जानकारी दिए । 

यसअघि सभामुख घिमिरेले पटक–पटक सदन सञ्चालनको वातावरण बनाउन प्रतिपक्षी दलका सांसदहरूलाई अनुरोधसहितको रुलिङ गरेका थिए ।

आजको बैठकको प्रारम्भमै प्रतिपक्षी दलका सांसदहरूले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट सरकारले बर्खास्त गरेको विषयप्रति विरोध जनाउँदै बैठक अवरोध गरेका थिए । 

उनीहरूले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै संसद् अवरुद्ध गरेका थिए । प्रतिनिधिसभाको बैठक बिहीबार ११ बजे बस्ने तय भएको छ ।

सम्बन्धित समाचार