काठमाडौं- नेकपा एमालेका सांसद ठाकुर गैरेले ऊर्जा मन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका प्रबन्धन निर्देशक कुलमान घिसिङको अभिव्यक्तिले भ्रम फैल्याएको बताएका छन् । उनले यी दुईजनाको भनाइले जनतामा विरोधाभाष गराएको भन्दै संसदमा कुरा उठाएका हुन् ।
ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्री खड्काले लोडसेडिङ सुरू भएको बताएलगत्तै प्राधिकरणका निर्देशक कुलमानले लोडसेडिङ नहुने जवाफ दिएपछि ठाकुरले यो विषय संसद्मा उठाएका हुन् ।
‘ऊर्जामन्त्रीले नेपालको लोडसेडिङमा भारतले हटाएको हो भनिरहनु भएको छ । मन्त्रीज्यूभन्नु हुन्छ, ‘लोडसेडिङ समयको सुरू भयो,’ गैरेले बिहीबार संसद्मा भने, ‘तर, कार्यकारी प्रमुख भन्नुहुन्छ, ‘लोडसेडिङ हुन्न, ढुक्क हुनुहोस्, यस खालका गलत र फरक सूचना बन्द गरियोस्, सही तथ्य सरकारले बाहिर ल्याओस् ।’
बुधबार ऊर्जामन्त्री खड्काले भारतबाट विद्युत् आयात घटेकाले अबदेखि साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था रहेको बताएका थिए ।