11.6k
Shares
-डी.बी.नेपालीनेपालीमा एउटा उखानछ "दुबाे माैलाएझैं माैलाउनु तर कुकुर बाैलाएझैं नबाैलाउनु" । बर्षाैं पुरानु याे उखान अहिले नेपालकाे राजनीति र सामाजिक संजालमा दुबाे जस्तै माैलाएकाे देखिन्छ । सामाजिक संजालमा भाइरल हुन पाेष्ट गरिने अनेक प्रकारका हर्कतहरु, छाडा गीतहरु, शरीरका अङ्गहरु देखाउने चलन अंझ नक्कली आइडी बनाएर याैन क्रिडाका भिडियाेहरु पाेष्ट गरेर समाजलाई के दिन खाेज्दैछन्, यस्ताे जानकारी दिने असल र बुद्धिमान मान्छेहरु अंझ यत्तिमा मात्रै संतुष्ट नभएर अरुकाे घर भित्र घुसेर त्याे घरमा के चल्दै छ । कसकाे छाेरी भाग्याे, कसकाे बुहारीले अर्कैकाे पेट बाेक्याे या अर्कैसंग भाग्याे यस्ता घटनाहरुले मात्रै छ्यापछ्याप्ती भरिएका हुन्छन युट्युब र फेसबुकका पानाहरु। एकातिर समाजकाे डिजिटल सामाजिक दैनिकी यसरी विकसित हुँदै गैरहेकाे छ भने अर्काेतिर देशकाे वर्तमान राजनीति पनि अत्यन्त असभ्य र गाली गलाैचकाे शिकार हुँदै अगाडि बढेकाे देखिन्छ।सत्तामा जान चुनावमा गठबन्धन, सरकारमा सहभागी हुन र पदकाे लागि गठबन्धन, सांसदहरुकाे तलब र सुबिधा बढाउन पानी बाराबार भएपनि सहमति र ताली, विकासकाे लागि भनेर छुट्याइएकाे बजेट बाँडेर खाँदा सर्वदलीय सहमति, ठेक्का पट्टा र जागिरमा दलका नेताकाे आफन्त या आफ्नु मान्छे राख्नमा सहमति । हाल नेपालमा भएका दलहरुमा केहीहदसम्म केवल एउटा दल मजदुर किसान बाहेक अरु सबैदल नेका, एमाले, माओवादी, राप्रपा, रास्वपा, जसपा लगायत संसदलाई दुहनु गाइ सम्झिने र संघीयगणतन्त्रलाई मरेकाे सिनाे सम्झेर गिद्ध जस्तै लुछाचुडी गर्ने प्रवृति दुबाे जस्तै माैलाउदै गएकाे देखिन्छ । वर्तमान राजनीतिक दलहरुका प्रजातन्त्रवादी र जनवादी नवतानाशाहहरुकाे अज्ञानता, असक्षमता, असमझदारी, अकर्मन्यताले राजनीतिक अस्थिरता पनि दुबाे जस्तै माैलाउदै गएकाे देखिन्छ भने ज जसले अनैतिक गठबन्धनबाट सत्तामा सहभागी र पद पाउन सफल भयाे त्याे महाराजाले देश कसरी लुट्न सकिन्छ भन्ने याेजना बाहेक अरु केही जान्दैन । जसले अनेक तिकडम र खुट्टा ढाेगेर पनि सत्तामा सहभागी हुने अवसर पाउदैन अनि उसले जनतालाई असाध्यै माया गर्ने र देशमा सुव्यवस्था, सुशासन र विकासकाे मुलाे फुटाउने उपाय सडक र सदनलाई बनाएर उसले गर्न सक्ने र भ्याएसम्म हदै दर्जाकाे तल्लाे स्तरकाे गाली गलाैजलाई हथियार बनाएर वाक युद्धमा हाम फाल्छ ।सत्तामा जानेहरुमा पनि के कमी छ र झन् उसकाे हातमा सरकारका तीनै अंग कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका लगायत अन्य अंगहरु पनि उसकै अधिनमा हुन्छन् अनि कसले छुने उसले चाह्याे भने शंकाकाे भरमा विराेधीलाई महिनाै दिन अनुसंधानकाे नाममा थुनामा राख्न र देशभरी डुलाउन सक्छ भने आफ्नाले मान्छे तस्करी गरे पनि, बलात्कार गरे पनि, हत्या गरे पनि,कमिशन खाए पनि, लुटे पनि, झुट बाेले पनि, सहकारी ठगे पनि, भ्रष्टाचार गरे पनि,गुठीका र सरकारकाे स्वामीत्वमा रहेका जग्गा आफ्नतलाई बेचे पनि कार्वाही कसले गर्ने ? आफ्ना नातागाेता, आसेपासेहरुले यस्ता महान् कामहरु दुबाे जस्तै माैलाउन सक्ने पैकेलाहरुलाई त उपहार स्वरुप मन्त्री पद या कुनै याेजनाका प्रमुख बनाएर अंझ प्राेत्साहन गर्नलाई नै याे धर्म निरपेक्ष संघीय लाेक गणतन्त्र बाेकेकाे रैछन् भन्ने कुरा, कुशासन, अपराध, तस्करी, बलात्कार, हत्या, आत्महत्या, झुट, लुट, कमिशन, ठगी, मानव बेचबिखन र अन्य अपराधीक काण्डहरु दिन प्रतिदिन दुबाे जस्तै माैलाउदै गएकाे छर्लङ्ग देखिन्छ पञ्चायती व्यवस्था या राजतन्त्र फाल्ने संघर्षकाे दाैरान जन गायकहरुले गाउने गीतहरुमा स्व. कमरेड पाख्रिनले गाएकाे गीत "फाटेकाे जालले छेकेकाे, छेके पनि छर्लङ्गै देखेकाे " र जीवन शर्माकाे "फेरि पनि हुकुमी शासन चल्दैछ " भन्ने बाेलका गीतहरुले अहिले झन् " जुन जाेगी आए पनि कानै चिरेकाे " भन्ने कुरा प्रष्ट पारेकाे छ ।हिजाे जनतालाई एकदलिय पञ्चायती शासन मासेर देश र जनताकाे मुहार फेर्न प्रजातन्त्र, लाेकतन्त्र र गणतन्त्रकाे स्थापना गर्न जरुरी छ भनेर हजाराैं जनतालाई वलि चढाएर देशमा बहुदलिय गणतन्त्रात्मक शासन व्यवस्था कायम गर्नु पर्छ भन्दै जताकाे रगतमा टेकेर देशमा संघीय गणतन्त्र स्थापना भैसके पछि अहिले यी बहुदलिय देश बेचुवा लम्पसारवादीहरु संघीयता, राष्ट्र,राष्ट्रियता र आम नागरिकलाई न पाउनेले केरा पायाे बाेक्रै सित चपायाे भने जस्तै यिनले त केरा र केराकाे बाेक्रा मात्रै हाेइन केराकाे बाेट समेत खान थालेका छन् । यिनकाे लाेकतान्त्रिक जनवादी नाैटंकी त आफै जनवादी महाराजा बन्नकाे लागि रैछ भन्ने कुरा प्रष्ट देखिन्छ । यिनीहरुमा माैलाएकाे लाेभी पापी स्वार्थ र अहंकार अहिले जनताले विस्तारै बुझ्दै गए पछि र अनुदान र सहयाेग दिने राष्ट्रहरुले यीनीहरुकाे भ्रष्ट चरित्रकाे पर्दा च्यातीदिए पछि यिनीहरु अब कार्वाहीमा पर्ने र जेल जान सक्ने प्रवल सम्भावना छर्लङ्ग देखिन थाले पछि यिनीहरुले माैलाएकाे भ्रष्ट राजनीति अब माैलाउन छाडेर बाैलाउन थालेकाे छ । यिनीहरुका हालका अभिव्यक्ति र गाेप्य भेटघाटले यिनीहरु अब कसरी उम्किने भन्ने उपायकाे खाेजीमा लागि परेका छन् तर उनीहरुकाे छटपटाहट र डरले गर्दा के भन्ने के गर्ने भन्ने कुरा बुझ्न नसकेर आतंकित भएर जथाभावी बाेल्न थालेका छन् ।वास्तवमा बिपक्ष नै नरहेकाे सत्ता र पक्ष बिपक्षकाे राजनीतिक एजेण्डा एउटै भए पछि डराउनु किन परेकाे ? अंझ खासगरी राजतन्त्र फेरि स्थापित हुने सम्भावना लगभग लगभग नभएकाे अवस्थामा ? सत्ता हातमा छ, याे मामिलामा बिपक्ष पनि साथमा छ ,शक्ति हातमा छ अनि डराउने किन त ? जनताले बहुदलकाे लागि आवाज उठाउदा महाराजा किरेन्द्रले २०३६ सालमा जनमत संग्रह गराएका हाेइनन् र ? २०४६ मा सहजै संसदीय व्यवस्था स्वीकार गरेर देशकाे कार्यकारी प्रधानमन्त्री हुने र बहुदलिय व्यवस्था खुरुक्क यिनीहरुलाई दिएका हाेइनन् र ? तर कुराे नेपाली जनता र यिनीहरुकाे थिएन कुराे थियाे राजतन्त्र मास्ने र देशलाई धर्म निरपेक्ष बनाउने, नेपाल संसारमा एक्लाे हिन्दु राष्ट्र रहेसम्म र देशमा सेरमाेनियल नै भए पनि राजतन्त्रले जनतालाई नियन्त्रण गरेकाे देखिए पनि राष्ट्रलाई माया गर्छ राष्ट्र प्रेमी हुन्छ त्यसैले त्यहाँकाे संस्कार र राष्ट्रलाई माया गर्ने व्यवस्था नमासेर दासहरु उत्पादन गर्न सकिन्न भनेर याे राष्ट्रकाे उन्नति भएकाे देखि नसहने शक्तिहरु मिलेर षडयन्त्र पूर्वक याे देशमा दश बर्षसम्म जनयुद्धकाे नाममा निहत्था, निमुखा जनताकाे हत्याकाे सिलसिला आरम्भ गर्न लगाए । ०७ सालदेखि ०४६ सम्मकाे संघर्षले मागेकाे बहुदल र संसदीय व्यवस्था लागु भैसके पछि फेरी जनयुद्ध कसलाई मास्न ,कसकाे हत्या गर्न शुरु गराइयाे ? सिसु बहुदलिय व्यवस्थालाई हुर्काएर अगाडि बढ्नु पर्ने ठाँउमा सामन्त मास्ने भनेर कसलाई मासे, व्यवस्था परिवर्तनकाे नाउमा देशका उद्याेगहरु बन्द गर्न लगाए । राजाकाे वंश नाश गरे यसरी ध्वंस मचाएर देश बेच्नलागे पछि केही पञ्चहरुले राजा ज्ञानेन्द्रलाई गलत सल्लाह दिएर उक्साएर गलत तरिकाबाट शासन चलाउन लगाएकै कारण जनता राजतन्त्र फालेर देशलाई धर्म निरपेक्ष संघीय गणतन्त्रमा लान तयार भए राजा ज्ञानेन्द्रले त्यति खेर भने बहुत समझदारीले, स्वविवेकले काम लिए देशमा रगतकाे बाढी बगाउनु भन्दा चुपलागेर खुुरुक्क सत्ता जनताले तत्काल विश्वास गरेका छद्मभेषी दलालहरुकाे हातमा सलिलै जनताले हामीलाई दिएकाे नासाे तपाइहरुलाई दिए तर यसलाई तपाइहरुले सम्हाल्न सक्नु भएन र जनताले मागे भने फर्काउनु हाेला भनेर १७/१८ बर्ष चुप लागेर बसे तर न त त्याे नासाे सम्हाल्न सके, न देश सम्हाल्न सके,नसत्ता चलाउन सके । जंगलमा एउटा जनावर हुन्छ हुँडार जसले स्वयं एउटा मच्छर पनि मार्न सक्दैन तर शेरले मारेकाे शिकार भने झुण्डका झुण्ड आएर खान्छन् यदि कुनै समय शेरकाे वंश नाश भयाे भने ती हुँडारहरु त खान नपाएर मर्ने अवस्था आउन सक्छ त्यस्तै अहिले नेपालमा छ ।पृथ्वीनारायण शाहले बनाइ दिएकाे नेपाललाई यी हुँडारहरुले बाँडीचुडी खाएर बाँचेका छन् अंझ चर्काे स्वरले उनैलाई गाली गरेर हिड्छन् लाज शरणमहरु । उतातिर फेरि जनताकाे बाढी राजसंस्था कायम गर्नु पर्छ भनेर सडकमा उत्रिए पछि ०४६ पछि लुकेर दुलामा पसेका मुसा राजतन्त्रकाे कलाे खाएर बाँचेकाहरु जनबाढीकाे नेतृत्व लिन दुलाबाट निस्किन थालेकाछन् । जनताकाे आवाज र भिडलाई देखेर दुबैतिरका ताक परे तिवारी नत्र गाेतामेहरु दुबाै माैलाएुझैं माैलाउन र कुकुर बाैलाएझैं बाैलाउन थालेकाछन् अब जनताले स्वयं बहुत हाेसियारीका साथ नेतृत्व चयन गर्नु पर्ने अत्यनत महत्वपूर्ण क्षणमा छाैं हामीहरु यदि यसपाली पनि व्यवस्था परिवर्तनमा चुक भयाे भने अब नेपाल भन्ने देशकाे इतिहास कतै बिदेशी लाइब्रेरीमा खाेज्न जानु पर्ने अवस्था नआउला भन्न सकिन्न ? अब यस्तै हालत र अवस्था रहीरहने हाे भने देश गृहयुद्धमा पनि जान सक्ने सम्भावनालाई नकार्न पनि सकिन्न् । त्यसैले अबकाे सबैभन्दा सरल र सहज बाटाे एउटा मात्रै बाँकि छ त्याे हाे सबै पक्षकाे समझदारी र सहमतिमा ०४७ काे अंतरिम संबिधान स्वीकार गरेर जाने अन्यथा माैलाउने र बाैलाउने पाराले देश र जनताले दुख पाउछन्नै तिमीहरुकाे अहिले त आक्राेशित जनता जुत्ता चप्पल र फाेटाे जलाउनसम्म मात्रै सिमित छन् तर सम्स्याकाे समाधानकाे साटाे झन् झन् बढ्दै गयाे भने अब फाेटाे हाेइन नेतालाई नै जहाँ भेट्याे त्यँही जलाउन वेर छैन । जनताकाे माग र आवाजलाई कुल्चिन सक्ने संसारमा अहिलेसम्म त्यस्ताे कुनै अस्त्र,शस्त्र या मन्त्र बनेकाे छैन । सच्चिनु पर्ने ठाँउमा मिलेर सच्चिउ, सच्याउनु पर्ने ठाँउमा सबै मिली सच्याउ जसरी हुन्छ देशलाई युद्धमा जान नदिउ, देश मासिन नदिउ । जय नेपाल, जय देश !