मिथिला मध्यमा परिक्रमा सम्पन्न

8.1k Shares

काठमाण्डौ – मधेशको प्राचीन मिथिलाको धार्मिक तथा सांस्कृतिक महत्त्वको मिथिला मध्यमा परिक्रमा सम्पन्न भएको छ । फागुन औँसीका दिन शुरू भई १५ रात्रिविश्रामको यो यात्रा आज १६औं दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर सम्पन्न भएको हो ।

जनकपुरधामको रङ्गभूमि मैदानमा १५औं दिनको रात्रिविश्राम गरेका यात्रीले हिजो मध्यरात कटेसँगै पञ्चकोशी पनि भनिने जनकपुरधामको अन्तरगृह परिक्रमा गरेका हुन् । मिथिलामा १५औं दिनको रात्रिबासपछि १६औँं दिन पञ्चकोशी परिक्रमा गरेपछि मात्र यात्रा सम्पन्न भएको मानिन्छ ।

मिथिलामा फागुन पूर्णिमाका रात राक्षसी प्रवृत्तिकी होलिकाको प्रतीक बनाएर आगो झोसेर दहन (जलाएर खरानी बनाउने) गरिने चलन छ । परिक्रमा यात्रीले पथमा पर्ने होलिका दहनको खरानी उडाउँँदै आफूभित्रको खराब प्रवृति अन्त्यको कामना गर्दछन् । यो खरानी उडाइने चलनलाई मिथिलामा ‘धुरा उडाउने’ भनिन्छ ।

मिथिला मध्यमा परिक्रमा पथभित्र भोलि शनिवार होली मनाइने मटिहानीको लक्ष्मीनारायण मठका सन्त डा. रवीन्द्रदास वैष्णव बताउनुहुन्छ ।

सम्बन्धित समाचार