सप्तरीबाट एसइई परीक्षामा ८ हजार ७ सय १५ विद्यार्थी सहभागी हुँदै

6.7k Shares

भारदह(सप्तरी) । यसपालि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा सप्तरी जिल्लाको एक सय ४२ विद्यालयबाट आठ हजार ७ सय १५ जना विद्यार्थी सहभागी हुँदैछन् ।

सहभागी मध्ये साधारण तर्फबाट सात हजार ८ सय ४८, प्राविधिकतर्फ तीनसय ९ र ग्रेडबृद्धि तर्फबाट, ५ सय ५८ विद्यार्थी सहभागी हुने भएको सप्तरीका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख शशि यादवले जानकारी दिनुभयो ।

जिल्लाको ३७ वटा परीक्षा केन्द्रको लागि ३७ जना केन्द्राध्यक्ष,४७ जना सहायक केन्द्राध्यक्ष, चार सय ३४ जना निरीक्षक, ६७ जना परीक्षा सहायक, पाँच सय ५५ जना सुरक्षाकर्मी,एक सय ६२ जना कार्यालय सहयोगी गरि जम्मा एकहजार ३ सय २ जना कर्मचारी परीक्षामा खटिने प्रमुख यादवले बताउनुभयो ।

मधेस प्रदेशका आठ जिल्ला मध्ये सबैभन्दा कम सप्तरी जिल्लाबाट परीक्षामा बिद्यार्थी सहभागी हुँँदै छन् । जिल्लाका ९० सामुदायिक विद्यालय र ५२ संस्थागत विद्यालयका बिद्यार्थी परीक्षामा सहभागी हुने भएका हुन् । चैत ७ गतेदेखि बिहान ८ बजे देखि ११ बजेसम्म मुलुकभर एकसाथ एसइई परीक्षा हुने भएको हो ।

सम्बन्धित समाचार