विंगर दुर्घटनामा एक जनाको मृत्युु

7.3k Shares

भारदह(सप्तरी)। सप्तरीमा विंगर दुर्घटना हुँदा चालकको मृत्युु भएको छ । मृत्युु हुनेमा रूपनी गाउँपालिका वडा नं १ नकटी रायपुरका रघु यादव रहेका छन् ।

सोमबार राति राजविराजबाट रूपनी आउने क्रममा विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउन खोज्दा विंगर दुर्घटना भएको हो ।

दुर्घटना परी गम्भीर घाइते हुनुभएको यादवको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्युु भएको रूपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिनुभएको छ ।

सम्बन्धित समाचार