14.9k
Shares
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन दिएको जनाएको हो ।
क्यानले अबको केही दिनमा परेका आवेदनबाट सर्ट लिस्ट तयार गरेर अन्तर्वार्ता लिइने बताएकाे छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएपछि क्यानले कात्तिक १ गते मुख्य प्रशिक्षकको लागि आवेदन खुल्ला गरेको थियो । आइतबार दरखास्तको समय सकिएको हो ।
ओमानमा भएको आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज पछि वाटमोरले नेपाली टिम छाडेका हुन् ।