6.3k
Shares
दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका-४ काब्रेका स्थानीयले खानेपानी तथा सिचाइ अभावको कारण धेरै समस्या भोग्नु परेको छ।
वडा नम्बर-४ काब्रेअन्तर्गत पर्ने खड्का टोल, स्वारा, बस्नेत टोल, ठुलचौर, सिमचौर र विक टोलका स्थानीयले वर्षौँदेखि खानेपानीको समस्या खेप्नुपरेको गाउँपालिका अध्यक्ष छवि लामासमक्ष गुनासो पोखेका छन् ।
शुक्रबार बिहान स्थानीयको माग र अनुरोधलाई सम्बोधन गर्न खड्का टोल पुगेका अध्यक्ष लामालाई स्थानीयले सामूहिक भेट गरेर खानेपानी समस्याका सवालमा गुनासो पोख्दै समाधान गरिदिन अनुरोध गरेका थिए ।
उनीहरूले गाउँपालिकामै खानेपानी मुहानको प्रमुख वडा रहे पनि आफूहरूले उपभोग गर्न नपाएको सुनाएका थिए ।