ललितपुर । ललितपुर महानगरपालिका वडा नं २७ स्थित श्री बालकुमारी माध्यमिक विद्यालयका विद्यर्थीहरूले विद्यालयमा स्थापित श्री बालकुमारी कल्याण राहत कोषमा बिहीबार एक कार्यक्रमका बिच नगद रू ५०२० आर्थिक सहयोग गरेका छन्। विशेष गरि विद्यालयमा रहेका शिक्षकहरूको सुखक्षणको उपलक्ष्यमा आफ्नो ईच्छा अनुसारको उक्त रकम जम्मा गर्ने गरिएको हो ।
कक्षा ३ बाट रू ६०५ कक्षा ५ बाट १००० र कक्षा ८ बाट रू ३४१५ गरि कुल रू ५०२० विद्यार्थीहरूले अनुशासनहिन कार्य गरि जरिवाना स्वरूप संकलित उक्त रकम विद्यालयका प्रधानाध्यापक श्री सुर्य कुमार राईलाई विद्यार्थीले हस्तान्तरण गरिएको थियो। कोषले विद्यालयमा घाइते भएका विद्यार्थीहरूको उपचार, शैक्षिक सामग्री खरिद, तथा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई सहयोग पुऱ्याउने उद्देश्य राखेको छ। कोषका सञ्चालक रीता श्रेष्ठका अनुसार इच्छुक व्यक्तिहरूले आफ्नै इच्छा अनुसार रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको छ।
विद्यार्थीहरूले अनुशासनहीन कार्यको जरिवानालाई सामाजिक सेवामा रुपान्तरण गरेर सकारात्मक उदाहरण प्रस्तुत गरेका छन् । करिब ५५० जना विद्यार्थीहरूको उपस्थितिमा बितरण गरिएको उक्त कार्यक्रमबाट विद्यार्थीहरूले जिम्मेवारीबोध र सहयोगी भावना विकास गर्ने विश्वास गरिएको छ ।