महर्जनको समन्वयमा संचालित फुड बैंक कार्यक्रममा नेका नेताहरुको सहयोग

15.4k Shares

ललितपुर । नेपाली कांग्रेस खेलकुद विभागका सचिव एवम् युवा नेता मीन कृष्ण महर्जनको समन्वयमा नेपाल तरुण दल ललितपुर क्षेत्र नं. १ र स्थानीय युवाहरुको सक्रियतामा चापागाउँको बज्रबाराही मन्दिर परिसरमा सञ्चालित फुड बैंक कार्यक्रम संचालन भएको एक हप्ता वितेको छ ।
सो फुड बैंक कार्यक्रममा हुनेले दिएर जाने, नहुनेले लिएर जाने निकै नै लोकप्रिय बनेको छ । कारोना भाइरसको महामारीले देशको अवस्था जर्जर बनिरहेको बेला सरकारले गरेको निषेधाज्ञाका कारण निम्न वर्ग, दैनिक ज्याला मदजुर गरी जिविकोपार्जन गर्ने, अपांग, असाहायहरुलाई दैनिक गुजारा चलाउन नसक्ने अवस्था सिर्जना भएको अवस्थामा त्यस्ता बर्गलाई लक्षित गरी नेका युवा नेता महर्जनको पहलमा संचालित फुड बैंकबाट त्यस्ता वर्गहरुकाहरुलाई राहत मिलेको छ । 
चापागाउँको बज्रबाराही मन्दिर परिसरमा संचालित सो फुड बैंक संचालन कार्यक्रममा नेपाली कांग्रेस ललितपुर जिल्लाका पार्टी सभापति तथा पूर्व माननीय मदनबहादुर अमात्य, पुर्ब अर्थ राज्यमन्त्री उदय शम्सेर राणा, तरुण दल अध्यक्ष जितजङ बस्नेत, गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन, नेका नेता ऋषिराम घिमिरे, नेका जिल्ला सदस्य प्रभाकर पोखरेल, तरुण बिभाग केन्द्रीय सदस्य पदम नारायण तिमल्सिना, बागमती गाउँपालिका प्रवक्ता तथा वडा अध्यक्ष बिष्णु तिमल्सिना, कोन्ज्योसोम गाउँपालिका वडा अध्यक्ष तिर्थ घलान, नेका गोदावरी नगर सभापति सुरज श्रेष्ठ, ललितपुर क्षेत्र नं. १ कोषाध्यक्ष शेखर न्यौपाने, नेका क्षेत्रीय सदस्य गणेश महत, तरुण दल जिल्ला सदस्य पुर्ब किक बक्सिङ च्याम्पियन बिनोद महर्जन, खोजतलास साप्ताहिकका प्रधान सम्पादक एवम रिपोर्टर्स क्लव नेपाल ललितपुरका अध्यक्ष राजु बस्नेत लगायतले प्रत्यक्ष रुपमा उपस्थित भई उक्त फुड बैंक कार्यक्रम संचालनका लागि करिब १ हप्तालाई पुग्ने खाद्यान्न सामान उपलब्ध गराएका थिए ।
सो फुड बैंक कार्यक्रमका संयोजक अनिल श्रेष्ठले गरेका छन् भने कार्यक्रम संचालन नेविसंघ पूर्व संयोजक उमेश मेयर कायस्थले गर्दै आइरहेका छन् ।

सम्बन्धित समाचार