ललितपुर । ललितपुरमा श्रृंखलावद्ध चोरीका घटनामा संलग्न तीन
जनालाई प्रहरी पक्राउ गरेको छ । ललितपुरका विभिन्न होटल, रेस्टुरेन्ट तथा
कन्सल्टेन्सीमा भएका चोरीका घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई
पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा रामेछाप घर भई हाल ललितपुरको गोदावरी
नगरपालिका वडा नम्बर ६ टौखेल बस्ने २४ वर्षीय बिराट राई, गोदावरी(३ बस्ने २३
वर्षीय विशाल तामाङ र एक जना १४ वर्षीय किशोर रहेका छन्।
उनीहरूले ललितपुर महानगर वडा १९ कुमारीपाटीस्थित एसआर स्टोर, लुनार एजुकेशन
कन्सल्टेन्सी, केकेएफसी रेष्टुरेण्ट, लाइट फोटो स्टुडियो, कोपिके लाफिङ सेन्टर
नामक होटलमा चोरी गरेको आरोप छ । त्यस्तै, टौखेलस्थित रिता थापा क्षेत्रीको घरमा समेत
चोरी घटनामा उनीहरुको संलग्नता रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई चोरीका सामानहरुसहित प्रहरीले पक्राउ गरेको हो । उनीहरुविरुद्ध चोरीसम्बन्धि मुद्दामा ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।