जुम्लाकोट पशुसेवा केन्द्र पुनःसञ्चालनमा

8.6k Shares

जुम्ला– जुम्लाको तिला गाउँपालिका– ८ स्थित जुम्लाकोट गाउँमा रहेको पशुसेवा केन्द्र पुनः सञ्चालनमा आएको छ । एक वर्षदेखि बन्द रहेको पशुसेवा केन्द्र आइतबारदेखि सञ्चालनमा आएको हो । तिला गाउँपालिकाले कर्मचारीको व्यवस्थापन गरेर केन्द्र सञ्चालनमा ल्याएको हो ।

पालिकामा रहेको पशु विकास शाखाबाट नायब पशु स्वास्थ्य प्राविधिक वीरेन्द्रलाल महतलाई उक्त केन्द्रका लागि खटाएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए ।

दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या आएको हो । तीन जना पशु विकास शाखा हेर्ने कर्मचारी कार्यरतमध्ये एक जनाको अवकाश भएपछि दुई जना कर्मचारीबाट सेवा प्रवाह भइरहेको थियो ।

बन्द रहेको केन्द्रका लागि अहिले एकजना कर्मचारी पठाएपछि सेवा प्रवाह सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताए । चाहिने आवश्यक औषधिको व्यवस्थापन गरेर यहाँका स्थानीयवासीको सहजका लागि गाउँमै  केन्द्र सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन् ।

सम्बन्धित समाचार