पराजुलीको अध्यक्षतामा साइबर सेक्युरिटी रिसर्चको नयाँ कार्यसमिति चयन

9.2k Shares

काठमाडौं– साइबर सुरक्षा क्षेत्रमा अनुसन्धानमा काम गर्ने संस्था साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन नेपाल (सीएसआरआई)मा नयाँ कार्यसमिति चुनिएको छ । 

संस्थाको तेस्रो अधिवेशनले डा। शालिग्राम पराजुलीको अध्यक्षतामा नयाँ सदस्यीय कार्यसमिति चयन भएको छ । पराजुली सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आईटी विज्ञको रूपमासमेत छन् ।
 
वरिष्ठ उपाध्यक्षमा प्राध्यापक गजेन्द्र शर्मा, उपाध्यक्षहरूमा विजय कुमार रोय, राजकुमार महर्जन र डा। अमृता शर्मा रहेका छन् ।

त्यस्तै, महासचिवमा डा. भोजराज घिमिरे चुनिएका छन् भने सचिवहरूमा सरला कार्की, आभास अधिकारी, गंगा भण्डारी र तेजप्रसाद धमला चुनिएका छन् । 

संस्थाको कोषाध्यक्षको जिम्मेवारी कमला अधिकारी अर्याल आएकी छिन् भने सदस्यहरूमा रिता पोखरेल, जयन्ती माला चापागाईँ, डा। शान्तिकला सुवेदी र ओमकार बस्नेत चुनिएका छन् । 

सम्बन्धित समाचार