9.6k
Shares
सुलीकोट । उत्तरी गोरखामा तीन दिनदेखि परेको भारी हिमपातका कारण साम्दो पुगेका पर्यटकलाई लार्केपास गर्न सकस भएको छ । जिल्लाको चुमनुब्री गाउँपालिका–१ साम्दो, सामागाउँ, ल्हो, स्याला र आसपासका क्षेत्रमा फागुन १४ गते बुधबारदेखि शुक्रबारसम्म निरन्तर रूपमा बाक्ले हिउँ परिरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।
हिमपातका कारण लार्केपास गर्न हिँडेका पर्यटकहरू साम्दोमा रोकिएको अध्यक्ष लामाले बताउनुभयो । उहाँका अनुसार लार्केपास हिँडेका पर्यटकहरू साम्दोमा रहेका होटलहरूमा आश्रय लिएर बसेका छन् । साम्दोको जम्माल होटेलमा १३, होटेल याकमा पाँच र धर्मशालामा चार जना गरी २२ जना पर्यटक तीन दिनदेखि गन्तव्यतर्फ जान नसकेपछि रोकिएका हुन् ।