कानुन व्यवसायीबीच कुटाकुट

18.6k Shares

काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमा शुक्रबार कानुन व्यवसायीबीच हात हालाहाल भएको छ । अदालत चल्नुपर्छ कि पर्दैन भन्ने विषयमा कुराकानी भइरहेका बेला भूमिनन्द चुँडाललाई विराट न्यौपानेले हात हालेका थिए । न्यौपानेको आक्रमणबाट चुँडालको कोट च्यातिएको छ ।

चुँडालले न्यायाधीशहरुको बहिस्कार बेठीक छ । अदालत बन्द गर्नु हुँदैन, चल्नुपर्छ। यसको प्रभाव कानुन व्यवसायीहरुमा समेत पर्योटभन्दै बोलेका थिए । त्यसपछि न्यौपानेले बारको निर्णयविपरीत किन बोलेको भन्दै हात चुँडाललाई हालेका थिए । चुँडालले न्यौपानेविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन्  ।

न्यायाधीश र कानुन व्यवसायीको बहिस्कारका कारण शुक्रबार पनि सर्वोच्च अदालतमा मुद्धाहरुको सुनुवाइ हुन सकेको छैन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसोसियसनले अदालती कामकारबाही बहिस्कार गरिरहेका छन् ।

सम्बन्धित समाचार