शुक्रबारबाट कामपाको शैक्षिक मेला, ३० रुपैयाँमा खाजा खुवाउने

7.6k Shares

काठमाडौं– काठमाडौं महानगरपालिकाले फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह परिसरमा ‘काठमाडौं शैक्षिक मेला २०८१’ गर्ने भएको छ । 

सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रमको नतिजा देखाउनको लागि २ दिने मेला गर्ने भएको बिहीबार महानगरमा आयोजित पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 

विद्यार्थीहरूमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सिपहरूको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । 

मेला आयोजनाका लागि महानगरपालिकाको सहरी योजना आयोग, शिक्षा विभाग, स्रोत शिक्षक, प्रधानाध्यापक र शिक्षकहरूले सहजीकरण गर्ने मेलामा प्रस्तुति र प्रदर्शनीको मुख्य भूमिकामा विद्यार्थीहरू नै हुने मानन्धरले जानकारी दिए । 

शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी एवं विदेशी पाहुनाकालाई अवलोकनका लागि निमन्त्रणा गरिएको मानन्धरले जानकारी दिए । 

सम्बन्धित समाचार