भूमिसम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले सहजीकरण गर्छः मुख्यमन्त्री आचार्य

6.6k Shares

देउखुरी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिसम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले प्रभावकारी समन्वय र सहजीकरण गर्ने बताउनुभएको छ। 

भूमि समस्या समाधान आयोगले आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि प्रदेश सरकारले प्रभावकारी सहजीकरण गर्ने उल्लेख गर्नुभयो।

‘आयोगलाई महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको छ। त्यो जिम्मेवारी पूरा गर्न पूर्णरूपमा सफल हुनुहोस्’, मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘प्रदेश सरकारले संघ र स्थानीय सरकार, भूमि आयोग सबैसँग प्रभावकारी सहजीकरण गर्छ। सहजीकरणमा कुनै कमी आउन दिइने छैन।’ 

परिणाममुखी काम आवश्यक रहेको बताउँदै उहाँले समस्या समाधानका लागि अहोरात्र खट्न आग्रह गर्नुभयो। ‘छिटो परिणाम दिन जरुरी छ’, उहाँले भन्नुभयो, ‘सरकारले पूर्ण साथ र सहयोग गर्छ।’

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिहीन सुकुम्बासीलाई न्याय दिन गठन भएको यो अन्तिम संवैधानिक आयोग भएको र यसले भूमिसम्बन्धी सबैखाले समस्या समाधान गर्ने बताउनुभयो।

सम्बन्धित समाचार