बैंकहरुको लगानी गर्ने क्षमतामा सुधार - गभर्नर

22.1k Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुको लगानी गर्ने क्षमतामा सुधार भइरहेको जनाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘बैंकहरुको लगानी गर्ने क्षमतामा सुधार भइरहेको छ । ऋणीहरूले हिजोको जतिको सहज तरिकाले ऋण नपाइरहेको होलान् । हिजो मिसयुज गर्नका लागि पनि ऋण पाइरहेका थिए होलान् । तर, अहिले त्यस्तो छैन । त्यस कारण हामीले सबै कुरालाई नकारात्मकरुपले नलिऔँ ।’

अहिले विश्वका कयौँ अर्थतन्त्रहरू डेफ्थ ट्र्याप ९ऋणको पासो० रहेको समेत गभर्नर अधिकारीले बताए । नेपालको अर्थतन्त्रको अवस्था अहिले राम्रो रहेको समेत उनले जानकारी दिए । 

सम्बन्धित समाचार