10.1k
Shares
काठमाडौं– धेरै अनुसन्धानबाट यो प्रमाणित भइसकेको छ कि हिँड्नु भनेको पूरै शरीरमा गतिशीलता ल्याउने सबैभन्दा ठूलो माध्यम हो।
हिँड्दा शरीरको हरेक अङ्गलाई फाइदा हुन्छ । सबैभन्दा पहिले त यसले क्यालोरीहरू घटाउँछ, जसका कारण तपाईँको मेटाबोलिजम बढ्न जान्छ ।
फटाफट वा गति बढाएर हिँड्दा सम्पूर्ण शरीरलाई उचित ऊर्जा प्राप्त हुन्छ। यदि तपाईँ नियमित रूपमा हिँड्नुहुन्छ भने, यसले तपाईँको मांसपेशिहरु कसिलो बनाउँछ र तौल कम गर्दछ। हिँड्दा मुड राम्रो रहन्छ किनभने यसले तनाव कम गर्दछ ।