निर्वाचन आयोग : तीनै तहको चुनाव एकै पटक गर्न मिल्दैन

17.6k Shares

काठमाडौँ । संघ, प्रदेश र स्थानीय तहको चुनाव एकै पटक गर्ने विषयमा चर्चा भइरहेका वेला निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर तीनै तहको चुनाव एकै पटक गर्न नमिल्ने बताएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा बालुवाटार पुगेका पदाधिकारीले कानून अनुसार एकै पटक चुनाव गर्न नमिल्ने धारणा राखेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।

आयोगका पदाधिकारीलाई उद्धृत गर्दै स्रोतले भन्यो, “तीन तहको चुनाव एकै पटक गर्दा खर्च कम हुने, मतदाताले पटक पटक भोट खसाल्नु नपर्ने जस्ता फाइदा छन् । तर, कानून अनुसार एकै पटक चुनाव गर्न सम्भव छैन ।

आयोगले स्थानीय चुनाव आगामी ५ चैतभित्र गर्न सुझाव दिएको छ । २०७४ सालमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको म्याद ५ जेठ २०७९ मा सकिंदै छ ।

सम्बन्धित समाचार