9k
Shares
हेटौँडा । बागमती प्रदेशका १३ जिल्लामा २ लाखभन्दा धेरै किशोरीहरूले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाएका छन् । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार फागुन ४ गते आइतबारसम्ममा प्रदेशका २ लाख ४६ हजार ८३५ जना किशोरीहरूले एचपीभी खोप लगाएका हुन् ।
६ फागुनसम्ममा बागमती प्रदेशका १३ जिल्लाका २ लाख ९८ हजार ९०५ जना किशोरीहरूलाई खोप लगाउने लक्ष्य राखिएकोमा अहिलेसम्म ८२.६ प्रतिशत (२ लाख ४६ हजार ८३५ जना) किशोरीहरूले एचपीभी खोप लगाइएका छन् ।