५ जना मृतावस्थामा फेला

9.3k Shares

काठमाडौं । विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् ।  केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चितवनको भरतपुर महानगरपालिका-३ कमलनगरस्थित टहरामा बस्ने गुल्मी छत्रकोट गाउँपालिका बिगामकोट घर भएकी ३५ वर्षीया सीता पौडेल सोही टहरामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । 

यसैगरी मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित कमला स्टिल फ्याक्ट्रीमा काम गर्ने भारत नागौर राजस्थान गाउँ सारडी घर भएका हाल ६० वर्षीय राम गोपाल शर्मा सोही फ्याक्ट्रीको क्वाटरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

दाङको घोराही उपमहानगरपालिका-४ मनैया टोल सुनपुर बस्ने ७४ वर्षीय जय बहादुर खत्री लामिछाने पनि आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-४ बाह्रबिसे बजार बस्ने ४८ वर्षीय राज कुमार श्रेष्ठ आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । 

रामेछापको मन्थली नगरपालिका-२ पिप्ले बस्ने ५० वर्षीय मोहनसिंह तामाङ गोकुलगंगा गाउँपालिका-६ फर्पु थलाडाँडास्थित जंगलमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।  यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार