कर्णाली उत्सव भोलीबाट सुरु हुने

9.6k Shares

सुर्खेत– कर्णाली उत्सव कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव ‘कुडा कर्नाली’ छैटौँ संस्करण भोली बाट सुरु हुने भएको छ । विगत पाँच वर्षदेखि ऋति फाउण्डेसनले कर्णाली उत्सव गर्दै आएको छ । 

यस वर्षको छैटौँ  संस्करण कर्णाली उत्सव वीरेन्द्रनगरको सिटी हलमा सोमबारबाट सुरु भई तीन दिन चल्नेछ ।
 
तीन दिनसम्म चल्ने कुराकानीका माध्यमबाट कर्णाली प्रदेशको पहिचान र सम्भावना केलाउन यस्तो प्रयास थालिएको आयोजकले जनाएको छ । 

परम्परागत रूपमा हुने कचहरी वा बैठकको आधुनिक रूपमा कर्णाली उत्सव कर्णाली उत्सवको माध्यमबाट हामी कर्णालीमा सार्वजनिक बहसको शृङ्खला थालनी गरेको कर्णाली उत्सवमा विषयवस्तु निर्माणकर्ता प्रकाश लामिछानेले बताए । 

सम्बन्धित समाचार