तामाङ भाषामा लेखिएका उखानको सङ्ग्रह 'तामाङ आन' सार्वजनिक

10.3k Shares

धादिङ । तामाङ भाषामा लेखिएका उखानहरूको सङ्ग्रह 'तामाङ आन' पुस्तकको जिल्लाको सदरमुकाम धादिङबेसीमा एक कार्यक्रमबिच विमोचन गरिएको छ । तामाङ भाषा, अङ्ग्रेजी भाषा र समभोटा लिपिमा लेखिएको यो पुस्तक तामाङ भाषा नबुझ्ने पाठकहरूले समेत पढ्न सक्ने गरी तयार पारिएको छ । 

पुस्तकका लेखक बाबुराम फ्युवाका अनुसार डिजिटल प्रविधिसँग पुस्तकलाई समायोजन गर्न अन्तिम कभरमा क्युआर कोड समावेश गरिएको छ । जसलाई स्क्यान गरी पाठकहरूले इलेक्ट्रोनिक पेजमा पढ्न र अडियो स्वरूपमा सुन्न सक्नेछन् ।

कार्यक्रमका टिप्पणीकारहरूले पुस्तक प्रकाशन गर्दा सकारात्मक उखानहरूलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए । रुवीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ, खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेकेमान तामाङ लगायतले पुस्तकको महत्वबारे आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । 

यस पुस्तक धादिङ जिल्लाको तामाङ भाषामा पहिलो औपचारिक पुस्तक रहेको बताइएको छ । पुस्तकले तामाङ भाषा तथा संस्कृतिको जगेर्ना गर्ने विश्वास गरिएको छ ।

सम्बन्धित समाचार