9.2k
Shares
काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको अवरुद्ध निर्माण तत्काल अघि बढाउने सहमति भएको छ । गृहमन्त्रालयमा शुक्रबार गृहमन्त्री रमेश लेखक, गृहसचिव र प्रधानमन्त्रीसहितको उच्चस्तरीय बैठकबाट मझगाउँ विमानस्थलको काम अघि बढाउने सहमति भएको हो ।
बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नाममा रहेको ६ बिघा विमानस्थल निर्माणका लागि उपयोग गर्न दिने, सेनाको फुटबल मैदान र सो स्थानमा रहेका सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाइने विषयमा सहमति भएपछि योजनाले गति लिने विश्वास गरिएको छ।