7.4k
Shares
तम्घास । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार उल्टो बाटोमा हिडेको टिप्पणी गर्नुभएको छ। बिहीबार गुल्मीको मालिका गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
सरकारले प्रदेश र स्थानीय तहलाई दिँदै आएको समानीकरणको बजेट कटौती गर्न लागेको बताउँदै झन् बढाउनुपर्नेमा घटाउन लागेकाले सरकार उल्टो बाटोमा हिँडेको टिप्पणी गर्नुएको हो।
अहिले संविधान कार्यान्वयनको चरणमा रहेकाले प्रदेश र स्थानीय तहलाई अझ प्रभावकारी बनाएर अगाडि बढ्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ।