लैङ्गिक हिंसा नियन्त्रणमा सक्रियता

8.5k Shares

ताप्लेजुङ । ताप्लेजुङमा लैङ्गिक हिंसा नियन्त्रणसम्बन्धी क्रियाकलापमा सक्रियता देखाउन थालिएको छ। लैङ्गिक हिंसाका घटनालाई न्युनीकरण गर्ने उद्देश्यसहित हिंसा नियन्त्रणका क्रियाकलापमा थप सक्रिया देखाउन सुरु गरिएको हो।

लैङ्गिक हिंसाका घटना नियन्त्रण गर्ने र हिंसाबाट पीडितले उचित न्याय दिलाउनमा सहयोग पु¥याउने गरी सक्रियता देखाउन थालिएको हो। लैङ्गिक हिंसाका घटनाले समाजमा नकारात्मक वातावरण सिर्जना गर्ने र हिंसाकै कारण गम्भीर र अकल्पनीय घटनासमेत हुने भएकाले सम्भावित हिंसाका घटना नियन्त्रणमा समेत जोड दिन थालिएको हो।

लैङ्गिक हिंसाका पीडितलाई न्याय दिलाउन, उनीहरुको सुरक्षाको प्रत्याभूति, आवश्यक सल्लाह सुझाव, मनोवैज्ञानिक तवरले हौसला प्रदान गर्नेजस्ता क्रियाकलाप गरिँदै आएको छ। यस्तै पीडितमा आत्मविश्वास जगाउन, महिला, बालबलिका, ज्येष्ठ नागरिक तथा जोखिममा रहेकाहरुको  अधिकारका लागि गतिविधि गर्ने गरिएको छ। लैङ्गिक हिंसा नियन्त्रण गर्न सचेतना अभिवृद्धि गर्न, प्रभावित एवम् पीडितको पारिवारिक मेलमिलाप गराउने लगायतका कार्यमा सक्रियता बढाइएको छ।

सम्बन्धित समाचार