काठमाडौँ । नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले ओगटेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.यदुचन्द्र घिमिरेले नसर्ने रोग पहिचानका लागि एक महिने अभियानको शुभारम्भ कार्यक्रमको उद्घाटन गर्नुहुँदै यस्तो बताउनु भएको हो ।
पछिल्लो समयमा नेपालमा नसर्ने रोगका कारण बिरामी हुने एवम् मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।
उहाँले भन्नुभयो, “नेपालमा हुने मृत्युको लगभग तीन चौथाइ अर्थात ७१ प्रतिशत (एक लाख २७ हजार ५५३ )नसर्ने रोगका कारणले गर्दा भएको तथ्याङ्क छ ।”
डा.घिमिरेका अनुसार बललिँदो जीवनशैली, बढ्दो सहरीकरण, परिवतर्तित जनसङ्ख्याको अनुपात, जलवायु परिवर्तन जस्ता विविध कारणले नसर्ने रोगको समस्या नेपालमा बढ्दै गएको हो ।