प्रचण्डले गरे गुल्मीमा हेलिप्याड र पिसपार्क उद्घाटन

8.9k Shares

तम्घास– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलिप्याड तथा मालिका पिस पार्कको उद्घाटन गरेका छन्।

बिहीबार मालिका गाउँपालिकाको वडा नम्बर ४ अर्खाबाङमा निर्माण भएको हेलिप्याडको उद्घाटन गरेका हुन्। सोही वडामा निर्माण भएको पर्यटकीय स्थलका रूपमा चर्चित मालिका पिस पार्कको पनि उद्घाटन गरिएको छ ।

मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालसहितका जनप्रतिनिधि तथा  स्थानीय नागरिकहरूको  उल्लेख्य उपस्थितिमा हेलिप्याड तथा पार्कको उद्घाटन गर्दै नेपालकै नमूना हेलिप्याड निर्माण भएको बताए ।

देशका विभिन्न स्थानहरूमा निर्माण भएका हेलिप्याड भन्दा गुल्मीको हेलिप्याड उत्कृष्ट रहेको बताउँदै  हेलिप्याडबाट विपद् तथा आपतकालीन अवस्थामा यहाँका नागरिकहरूको उद्धार तथा राहतमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरे।

सम्बन्धित समाचार