बालेनसँगै चुनावी अभियानमा हिँडेका दिनेश सिटौला बेहोस, सेनाको हेलिकप्टर पठाइयो

2.2k Shares

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन साहका सहयोगी दिनेश सिटौला बेहाेस भएका छन् । उनी डोटीबाट अछाम जाने क्रममा बेहोस भएपछि उद्दारका लागि सुर्खेतबाट नेपाली सेनाकाे हेलिकप्टर अछाम पठाइएकाे छ ।

अछाम सदरमुकाम मंगलसेनमा रहेको साहकाे टाेलीसँग रहेका सिटौला एक्कासि शुक्रबार बिहान बेहाेस भएका हुन् । उनकाे हाेस खुलेकाे छैन् ।

उनको उद्दार गरेर काठमाडौं पठाउन हेलिकप्टर सुर्खेतबाट मगाइएकाे अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले जानकारी दिए ।

नुवाकोट घर भएका ४३ वर्षीय सिटौलालाई हेलिकप्टरबाट उद्दार गरेर पठाएपछि बालेनकाे टाेली मध्यपहाडी राजमार्ग हुँदै दैलेख जाने कार्यतालिका रहेकाे उनले बताए ।

सम्बन्धित समाचार