सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका खेलाडी सहभागी हुने

8.7k Shares

माछापुच्छ्रे (कास्की) । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका १ सय ५० खेलाडी सहभागी हुने भएका छन् । फागुन ३ गते शनिबार पोखरामा आयोजना हुने १९ औँ संस्करणको म्याराथनमा पहिलो पटक ८ जना महिला पनि सहभागी हुने आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले जानकारी दिएको छ । 

मञ्चले बिहीबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । १४२ दशमलव १९५ किमी दौडमा ८० जना विदेशी धावकले भाग लिने मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार केन्या, इथोपिया, भारत, बङ्गालोदश,जर्मनी, आउदी अरब, जापान, बेलायत, अमेरिका लगायतका २१ देशबाट खेलाडी सहभागी हुनेछन् । 

हाफम्याराथन महिलामा १० देशका ४० जना, हाफम्याराथन पुरुषमा १० विदेशीसहित १ सय १० जना, १० किमी पुरुषतर्फ ११ देशका २ सय ११ जना, १० किमी महिलातर्फ ११ विदेशीसहित १ सय ९ जना सहभागी हुने गुरुङले बताउनुभयो । ५ किमी भेट्रान्स (५०वर्ष) पुरुष र महिला गरी ६० जना, ५ किमी छात्रतर्फ १ हजार ४ सय ७० र छात्रातर्फ १ हजार २५ जना गरी ३ हजार १ सय ७५ जनाले नाम दर्ता गराएको मञ्चका महासचिव केशव पाठकले जानकारी दिनुभयो । 

रन फर फनमा करिब ७ हजार सहभागी हुने अनुमान आयोजकको छ । विभिन्न १४ वटा विधामा गरी करिब १० हजारले दौडमा भाग दिने अनुमान मञ्चले गरेको छ । म्याराथनमा प्रथम हुनेलाई नगद रु. ५ लाख, द्वितीयलाई ३ लाख, तृतीयलाई २ लाख प्रदान गरिने छ ।  चौँथो देखि ८ जना सम्मलाई नगद ३० हजारदेखि १० हजार नदग प्रदान गरिने अध्यक्ष गुरुङले बताउनुभयो । 

सम्बन्धित समाचार