आन्तरिक पर्यटकको रोजाइमा तेह्रकुने पोखरी

9k Shares

इलाम– दक्षिणी इलामको माई नगरपालिका– १ र ९ को सङ्गमस्थलमा पर्ने तेह्रकुने पोखरी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । यहाँ घुम्न, तस्बिर खिच्न, भिडियो छायाङ्कन गर्न र वनभोज खान आउनेको हरेक सप्ताहान्तमा भीड लाग्ने गरेको छ ।

स्थानीयवासीको सक्रियतामा भएको पूर्वाधार विकाससँगै डुङ्गासमेत सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।

जैविक विविधता, प्राकृतिक सौन्दर्य र  सुगम भएकाले आन्तरिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेको स्थानीय सुवर्ण राईले बताए । उनले भने शनिबार र सार्वजनिक बिदाको दिन पोखरीमा आउने पर्यटकको भीड हुने गरेको बताए ।

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माई नगरपालिकामा आजदेखि तेह्रकुने पोखरी पर्यटन महोत्सव हुँदैछ । स्थानीय वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता संस्थाको आयोजनामा माई नगरपालिका– १ र ९ को सङ्गमस्थलमा महोत्सव हुन लागेको हो ।

सम्बन्धित समाचार