ठूला प्रकृतिका सार्वजनिक खरिदमा गम्भीर बन्न राष्ट्रपति पौडेलको सुझाव

9.5k Shares

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले ठूला प्रकृतिका सार्वजनिक खरिदका विषयमा विसङ्गति देखिएको भनेर चिन्ता व्यक्त भइरहेको भन्दै यसमा राज्य र अख्तियार गम्भीर बन्नुपर्ने बताउनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा बिहान भएको कार्यक्रममा उहाँले भ्रष्टाचारसम्बन्धी विधेयकहरु लामो समयसम्म किनारा नलाग्दा पनि समस्या हुने गरेको गुनासो आइरहेको बताउनु भयो ।

उहाँले नागरिकको विकास र सुशासनप्रतिको उच्च आकाङ्क्षालाई पूरा गर्दै देशको हित, कल्याण र अन्तर्राष्ट्रिय छविको लागि सदाचार, निष्पक्षता, पारदर्शिता, एवम् निर्भिकतालाई मूल मन्त्र बनाएर काम गर्नुपर्ने बताउनु भयो ।

सम्बन्धित समाचार