सोमबार कुन विदेशी मुद्राको विनिमय दर कति ?

10.5k Shares

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ५९ पैसा र बिक्रीदर १४० रुपियाँ १९ पैसा कायम भएको छ। यसैगरी, युरो एकको खरिदर १४४ रुपियाँ १६ पैसा र बिक्रीदर १४४ रुपियाँ ७८ पैसा तोकिएको छ।

केन्द्रीय बैंकले बेलायतको स्टर्लिङ पाउन्ड एकको खरिददर १७३ रुपियाँ २४ पैसा र बिक्रीदर १७३ रुपियाँ ९८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५३ रुपियाँ ४४ पैसा र बिक्रीदर १५४ रुपियाँ १० पैसा निर्धारण गरेको छ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ५४ पैसा र बिक्रीदर ८७ रुपियाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ६५ पैसा र बिक्रीदर ९८ रुपियाँ ०७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ०३ पैसा र बिक्रीदर १०३ रुपियाँ ४७ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २२ पैसा र बिक्रीदर नौ रुपियाँ २६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १५ पैसा र बिक्रीदर १९ रुपियाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २२ पैसा र बिक्रीदर ३७ रुपियाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ २८ पैसा र बिक्रीदर ३८ रुपियाँ ४५ पैसा कायम भएको छ।

सम्बन्धित समाचार