प्रदेश सरकारबाट बाहिरिँदै एमाले

20.8k Shares

काठमाडौं , २ कात्तिक  । कुनै बेला झन्डै दुईतिहाइ बहुमतको सरकारको नेतृत्वकर्ता केपी शर्मा ओलीको पार्टी नेकपा एमाले प्रदेश सरकारको नेतृत्वबाट पनि धमाधम विस्थापन हुँदै छ । यसै क्रममा यही साताभित्र प्रदेश १ र बागमती प्रदेश सरकारबाट एमाले बाहिरिने सम्भावना छ। एमाले फुटेपछि सोही पार्टीेबाट मुख्यमन्त्री रहेका दुवै प्रदेशका सरकार अल्पमतमा परेका हुन् ।
सत्तारूढ दल विभाजन भएपछि मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोहीबमोजिम प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले यसै साता विश्वासको मत लिनुपर्ने भएको हो ।
यसअनुसार बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले यसअघि नै प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरिसकेकी छन् । अब यही कात्तिक ४ गते बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिनुपर्नेछ ।
यस्तै प्रदेश १ का मुख्यमन्त्री आचार्यले पनि विश्वासको मत लिनुपर्ने मिति पुगिसकेको छ। प्रदेश १ को प्रदेश सभाको बैठक यही कात्तिक ५ गतेका लागि बोलाइएको छ ।

सम्बन्धित समाचार