कञ्चनपुर, कात्तिक २ । आइतबार बेलुकादेखिको अबिरल वर्षाले कञ्चनपुरका अधिकांश बस्ती डुबानमा परेका छन् । महाकाली नदीमा पानीको बहाब उच्च भएपछि नदी तटीय क्षेत्रका बस्ती डुबानमा परेका प्रहरीले जनाएको छ ।
।
महाकाली नदी तटीय क्षेत्रमा पर्ने भीमदत्त नगरपालिको ब्रह्मदेव बजारदेखि पिपरियासम्म र दोधारा–चाँदनी नगरपालिकाको कुतियाकबर, शान्ति टोल, निसानी टोल लगायत बस्ती बाढीको कारण डुबानमा परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।
‘महाकालीमा पानीको बहाब उच्च छ । नदी आसपासका बस्ती डुबानमा परेका छन्,’ उनले भने, ‘उद्धारका लागि प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ ।’
महाकाली नदीमा मंगलबार बिहान ७ बजेसम्म पानीको बहाब ४ लाख ६१ हजार ७ सय २८ क्युसेक पुगेको छ । यस्तै जिल्लाका अन्य नदीमा पनि पानीको बहाब उच्च भएपछि जिल्लाका नौ वटै स्थानीय तहका बस्ती डुबानमा परेका छन् ।
महाकाली नदीमा निर्माणाधीन ४ लेनको पक्की पुलको पहुँच मार्ग नदीले कटान गर्न थालेको छ । भीमदत्त नगरपालिका–१२ बैजनाथ मन्दिर नजिक महाकाली नदीले पुलको पहुँच मार्ग पक्की सडक कटान गर्न थालेको छ ।
महाकाली नदीले पहुँच मार्ग कटान गर्न थालेपछि नदी पुरै गाउँ पस्ने खतरा बढेको छ । ‘महाकाली नदीमा पानीकोे बहाब धेरै हुँदा १०० मिटर पक्की सडक बगाएको छ । पानी पर्ने क्रम बढिरहेकाले नदीले सडक कटान गरिरहेको छ ।