तीन तिगाडा काम बिगाडा!

17.5k Shares

-डी.बी.शाही (कालिकाेट)

हिन्दीमा एउटा कथन छ "तीन तिगाडा काम बिगाडा" त्याे भनाइ अहिलेकाे नेपालकाे राजनीति र राजनीतिक दलका नेताहरुकाे कार्यशैलीले अंझ छर्लङ्ग पारेकाे देखिन्छ । राजतन्त्र हाेस,राणातन्त्र हाेस या पञ्चायती व्यवस्था हाेस एक दलिए शासन व्यवस्था भएकाे कारण जनताले माैलिक अधिकार नपाएकाे,राष्ट्रले विकास गर्न नसकेकाे ,शिक्षा,राेजगारी लगायत दाेस्राे दर्जाका नागरिकहरुले राजनीति र सरकारका निकायहरुमा जागिर नपाएकाे तथा दास भएर बस्नु पर्ने,अन्याय अत्याचार सहनु पर्ने भनेर जुन प्रकारकाे भ्रम सिर्जना गरियाे र त्यसकाे बिरुद्ध राष्ट्र र जनताकाे मुक्तिकाे लागि भन्दै " जनता द्वारा,जनताकाे लागि,जनताकाे शासन " भन्ने नारा सहीत एक दलिय शासन प्रणालीका बिरुद्ध बिद्राेहकाे घाेषणा गरेर एकदलिय राणाशाही तन्त्र फालेर २००७ सालमा देशमा पहिलाे पटक प्रजातन्त्रकाे स्थापना गरियाे तर त्याे प्रजातनत्र खासमा जनता द्वारा,जनताकाे लागि जनताले नगरेकाे भएर बिदेशी बारीमा उम्रेकाे प्रजातान्त्रिक शक्ति , दिल्ली र राजा तीन वटा शक्ति मिलेर ल्याएकाे कारणले नै हाे कि त्याे एक दशक भन्दा बढी टिक्न सकेन र त्याे एक दशककाे प्रजातान्त्रिक उन्नति भनेकाे काेशी गण्डकी बेच्ने बाहेक अरु राष्ट्रले खासै उपलब्धी हासिल गर्न नसकेकाे देख्दा "तीन तिगाडे,काम बिगाडे" भन्ने भनाइलाई सही साबित गरेकाे देखिन्छ । यसरी राष्ट्रकाे राजनीतिक त्रिकाेणका तीनवटै रेखा समान रुपमा नचलेर दुइटा रेखा एउटा रेखाकाे निर्देशनमा जाे हुकुम हजुर भनेर चल्न थाले पछि देशै नरहला जस्ताे अवस्था आइलाग्दा ,दुरदर्शी राजा महेन्द्रले याे कुरा अनुभव गरि कु गरेर राष्ट्रकाे राजनीतिक शक्ति आफ्नु हातमा लिएर राष्ट्रमा भएका अरु प्रजातान्त्रिक शक्तिहरु माथि प्रतिबन्ध लगाएर निरंकुश राजतन्त्र लाधेकाे बास्तविकता भए पनि उनका पुर्खाले आर्ज्यकाे राष्ट्र र राष्ट्रिय स्वाभिमान जाेगाउने महान् काम गरे । राष्ट्रमा एक दलिय पञ्चायती ब्यबस्था लागु गर्दै राष्ट्रकाे विकास गर्ने क्रममा उद्याेगहरुकाे स्थापना,राजमार्गहरुकाे निर्माण आदि शुरु गरे तर देश र जनताकाे मुहार फेर्नु पर्छ भन्ने प्रतिबन्धित प्रजातान्त्रिक ,गणतान्त्रिक र बिदेशी यी तीनवटा शक्ति राष्ट्रकाे विकास समृद्धी भन्दा पनि राजनीतिक शक्ति कसरी कब्जा गर्ने एक सुत्रिय कार्यक्रममा सक्रिय भएर लागेर तीस बर्षकाे अथक प्रयास पछि राजतन्त्र कमजाेर बजाएर शत्तामा कब्जा जमाउन सफल भए । यसरी हेर्दा २०४६ काे राजनीतिक परिवर्तनमा पनि तीनवटा शक्तिकै मिलिमताेमा भएकाे देखिन्छ र त्याे असफल हुनुमा पनि त्यही "तीन तिगाडे , काम बिगाडे" भनाइले नै काम गरेकाे देखिन्छ । 

"घुम्दै फिर्दै रुम्जाटार " भने जस्तै लगभग छ दशक पछि राष्ट्रकाे राजनीतिक शक्ति फेरि त्यहीँ दिल्लीमा आएर प्रजातान्त्रिक शक्ति ( काँग्रेस), गणतान्त्रिक शक्ति ( माओवादी) अनि बिदेशी शक्ति दिल्लीमा आएर तीनवटा शक्तिकाे लिखितम् मालिकका नाममा बाह्र थाेप्लामा टिमटिम भएर शुरु हुन्छ अनि कहिले माओेवादी,कहिले काँग्रेस र कहिले एमाले तीनवटा आज्ञाकारी शक्तिहरु सत्ताका मालिक बन्न पुग्छन् अनि बेचिन्छन् राजतन्त्रले स्थापना गरेका सबै उद्याेगहरु, रहेपहेका नदिनालाहरु । देशमा राेजगारी न पाएर बेचिन्छन युवाहरु नक्कली शरणार्थी बनेर,बिदेशिन्छन् शिक्षा हासिल गर्न बिद्यार्थीहरु, बिदेशिन्छन् उचित तलब नपाएर डाक्टर,इन्जिनियर ,नर्श र बैज्ञानिकहरु ,आगाे लगाएर आत्मदाह गर्न बाध्य छन् देशमा केही उद्याेग गराैं कि भन्ने साेच राख्ने मध्यम खालका ब्यापारीहरु, हात्महत्या गर्न बाध्यछन् केही काम स्वदेशमै गर्ने साेच राख्नेहरु । २०४६ पछिकाे देशमा भएकाे राजनैतिक परिवर्तन पछि सत्ताकाे ठेक्का पाउने तीनवटा दलहरुले गरेकाे विकास भनेकाे- झुट,लुट,घुस,कमिशन,तस्करी,दलाली,हत्या,बलात्कार बाहेक अरु केही देखिन्न ।

काम गर्न बिदेश जानै पर्ने बाध्यता,उपचार गर्न बिदेशै जानु पर्ने बाध्यता,शिक्षा हासिल गर्न बिदेशै जानु पर्ने बाध्यता,डाक्टर ,इन्जिनियर,नर्श,आचार्य बन्न बिदेशै जानु पर्ने बाध्यता, कृषि प्रधान देश तर खाद्यान्न,फलफुल,तरकारी,माछा मासु सबै लगायत लुगाफाटाे समेत बिदेशीकै भर पर्नु पर्ने ? जनताले एउटा सिटामाेल खान सक्ने अवस्था छैन कराडाैं ऋण जनताकाे टाउकाे माथि थाेपारेर भ्यु टावर निर्माण गर्नु पर्ने ? आम नागरिकले बिदेशमा खुन पसिना बगाएर कमाएकाे कमाइबाट एउटा माेबाइल ल्याउदा यी तीन तिगाडेका कर्मचारीले दुख दिने तर यीनले ( यी ठुला माछाले ) क्विंटलका क्विंटल सुन छिरेकाे थाहै नपाउने ? आम नागरिकले आफ्नै पत्नीसंग सम्पर्क गर्न खाेजे बलात्कारकाे आराेपमा जेल काेच्ने कानुन बनाउने तर यीनका आफ्ना मान्छेले या नेताका छाेराले हत्या,बलात्कनर,तस्करी जे गरे पनि सजाए नपाउने या जति आयाेग गठन गरेर अनुसंधान गरे पनि पत्ता नपाउने कस्ताे छानविन र अनुसंधान हाेला ? कि यीनै तिन तिगाडेकाे आफ्नु मान्छे या सन्तान भएर हाेला ? हाम्राे देशकाे समाज या आम जनमानसमा पनि भन्ने गरिन्छ तीन जना कतै संगै न जानु, संगै कुनै काम नगर्नु । याे तीनकाे अंक नै खराब छ । खासै यस्ता कुराहरु रुढीवादी साेच भएका धार्मिक अंधभक्तहरुले वकवास गर्ने एउटा दकियानुसी मानसिकता हाे भन्ने साेच थियाे तर दशकाैं दशककाे राजनीतिक व्यवहार,समाजले भाेग्दै आएकाे वास्तविकता सबै हेर्दा "तीन तिगाडा काम बिगाडा", "घुम्दै फिर्दै रुम्जाटार", " बाह्र बर्ष ढुंग्राेमा राखे पनि न साेझिने कुकुरकाे पुच्छर" जस्ता उखानहरु कति सान्दर्भिक र सही रहेछन् भन्ने कुरा वर्तमानकाे राजनीतिक खिंचातानी या गठबन्धनले छर्लङ्ग पारेकाे देखिन्छ । यी राजनैतिक शक्तिकाे काम कार्वाही र कुरा जस्तै फेरी प्रत्येक राजनीतिक दल भित्र पनि तीनवटा विचार या चिराछन् । नेका मा शेरे,शसांक र गगनहरु,तर विचार नमिले पनि यिनीहरु अहिलेसम्म फुट्न भने सकेका छैनन् ,यस्तै हिजाेकाे शक्तिशाली पार्टी एमाले केपी,माधव र झलनाथ आदि तीनवटा विचार कै कारण फुटेर दुइ टुक्रा भयाे अंझै फुट्ने र जुटने नाैटंकी सुचारु छ ।

यस्तै माओवादीमा पनि यस्तै तिगाडे विचाकै कारण फुट्दै जुटदै गर्ने नाैटंकी सुचारु छ । अहिले पनि प्रचण्ड,जनार्दन र लेखनाथकाे तिन तिगाडे चलेकै छ । राप्रपामा त्यस्तै छ , रास्वपामा त्यस्तै छ, जसपा,लाेसपामा त्यस्तै छ, एउटा मजदुर किसान बाहेक सबैमा तीन तिगाडेकाे मानसिकता झन्झन् माैलाउदै गएकाे देखिन्छ । संसदीय दलदलमा नफंस्ने भने वर्तमान संबिधान भन्दा बाहिर बसेका दलहरुमा पनि तीन तिगाडे कै मानसिकताले काम गरेकाे देखिन्छ । यसै तीन तिगाडे शैलीकै कारण वर्तमान राजनीतिकाे मुल ऐजेण्डा 

१ सत्ता परिवर्नकाे ठाँउमा ,सत्ता कब्जा। 

२. सत्ताकाे सही संचालनकाे बदला केवल सत्तामा पहुँच । 

३. सत्ताकाे सदुपयाेगकाे ठाँउमा सत्ताकाे दुरुपयाेग ।

यस्तै यस्तै तीन तिगाडे शैली र कारणले वर्मान राजनीति आम जनता र राष्ट्रकाे हीत विपरित दिशामा अग्रसर हुँदै गएकाे देखिन्छ भने बिद्वान,समिक्षक, बिश्लेषक,मिडिया पत्रकार,अभियन्ता,अधिकारकर्मी आदि समाज परिवर्तन,सुशासन,सुव्यवस्था र समृद्धीकाे वकालत गर्नेहरु पनि तीन चिरामा बाँढिएकाे देखिन्छ । 

१.तीने असफल तीन चिरामा चिरिएका राजनीतिज्ञका झाेले र चम्चे बनेर हिंडन रुचाउने

२. तीनै असफल राजनीतिज्ञ , चम्चे र झाेलेहरुकाे लहलहैमा लाग्ने ।

३.सबै राम्राे नराम्राेकाे सही र सटीक बिश्लेषण गर्न सक्ने तर चुपलागेर बस्ने भिगी बिल्ली ज्ञानीहरुकाे जमात । 

यसरी हेर्दा परकृति स्वयं पनि तीन चिरामा बाँढिएकाे छ ।

१. सकारात्मक उर्जा

२. नकारात्मक उर्जा

३ . तटस्थ( Neutral Force ) उर्जा

याे तिनबटै संतुलित रहुन्जेल प्रकृति पनि संतुलित रहन्छ तर यी तीन मध्य एउटाकाे मात्रै संतुलन बिग्रिने बित्तिकै प्राकृतिक विपत्ति आउछ यस्तै मानव समाज,उसकाे परिबार,राजनीतिक दल,संघसंस्थामा पनि तीनवटै रेखाले समान काम र अधिकार सही तरिकाले संचालन गर्न सक्दासम्म सबै सामान्य हुन्छ तर एउटाले अर्काे माथि या उसकाे विचारकाे कदर गर्न नसकेर दमन गर्न खाेज्छ त्यहाँ द्वन्द शुरु हुन्छ ।

मनुश्यकाे विकािकाे फड्काे भनेकै प्रकृतिकाे दाेहन र विनास रहेकाे देखिन्छ । सभ्यता,विकास र केवल आफु मात्रै सम्पन्न,सुखी र खुसी रहन आफु जस्तै अरु मनुश्यकाे हत्या,ठगी,गालीगलाैज र अरुकाे मेहनत र सम्पत्ती कसरी हड्पीने देश विकास र शक्तिकाे आडम्बर देखाउन हथियार गाेला बारुद आविष्कार गरेर युद्ध गरिरहने ,अरु राष्ट्रकाे कला संस्कृति र संस्कनर माथि आक्रमण गर्ने मानव सभ्यता र विकासकाे मेरुडण्ड उहिले देखि नै लगातार चलिआएकाे छ । युद्ध गर्नु र सम्पत्ति आर्जन वाहेक मनुश्यकाे खासै अरु उद्देश्य रहेकाे देखिन्न ।आँखिर केही पलकाे जीवन जिउन उसले कति तिगडम गर्नु र झेल्नु पर्ने ? जनतामारा राजतन्त्रमा राज्य विस्तार गर्ने असिम शक्ति थियाे भने आज त्याे जनतामारा शासन मासेर जनता द्वारा,जनताकाे लागि जनताकाे शासन कायम गरेर आँखिर पायाैं त के ? राष्ट्रकाे भाैतिक सम्पत्ति लयायत युवा शक्ति,युवा सीप बिदेशमा बेच्ने, अखण्ड राष्ट्रलाई धुजाधुजा पारेर टुक्राटुक्रामा टुक्र्याएर कमवाेर बनाउने अनि बिदेशीहरुसंग भिख मागेर देश चलाउने ,एउटा राजा फालेर हजाराैं महाराजाहरु पाल्ने व्यवस्था क्या साँच्चै जनताकाे लागि,जनता द्वारा जनताकाे व्यवस्था भन्न सक्ने अवस्था वर्तमानमा कतै अनुभुति गर्न सकिने अवस्था छ भन्ने सत्ता चलाउने तीनै महाराजाहरु स्वयंलाई लाग्दैन । यसरी आजसम्म दाेष जति सतिकाे सरापलाई दिएर राष्ट्र कहिलेसम्म भेन्टिलेटरमा राखेर चलाउन सकिन्छ र ? हिजाेसम्म नेपालमा विकास नहुनुकाे कारण र कुनैपनि सत्ता लामाे समयसम्म नचल्नुकाे कारण सतिले सरापेकाे भन्ने भ्रम थियाे अब त्याे भ्रम चिर्नु पर्छ । याे राष्ट्रमा विकास , समृद्धि र सुशासन कायम हुन नसक्नु सतिकाे सराप हाेइन यीनै "तीन तिगाडे काम विगाडे" हरु सत्ताका ठेकेदार बन्नु हाे । यी तीन तिगाडेले एउटा आफ्नै दललाई सम्हाल्न सकिरहेका छैनन् भने यिनिहरुबाट सिंगाे राष्ट्र कसरी चल्न सक्छ । याे कुरा आम नागरिकले बुझेर अब देश बनाउन यी तिगाडेकाे भरमा हाेइन जनता स्वयं कसिनु पर्छ नत्र यस्तै अवस्था र व्यवस्था यीनीहरुकै जिम्मा लगाउने हाे भने भाेली इतिहास खाेज्न कतै ब्रिटिश लाइब्रेरी धाउनु पर्ने हुन सक्छ की ?

सम्बन्धित समाचार