12.1k
Shares
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई आइटी हब बनाउन आवश्यक नीति, कानुन र पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजना भएको ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।
उहाँले नेपाललाई आइटी हबको रुपमा विकास गर्न आवश्यक नीति, कानुन र पूर्वाधार निर्माणका लागि सहजिकरण गर्न मन्त्रालय तयार रहेको जानकारी दिनुभयो । उहाँले सरकार र निजी क्षेत्रको सहकार्यमा नेपाललाई आइटी हबको रुपमा विकास गरी विश्वलाई चिनाउनु पर्नेमा जोड दिनुभयो ।