धादिङमा एक छोराले गरे आमाको हत्या, प्रहरीले अनुसन्धान गर्दै

5.2k Shares

धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका एक युवकले आफ्नी आमाको हत्या गरेका छन् ।

थापाकटेरीका ३० वर्षीय यम कँडेल (जिरे)ले आइतबार राति साढे ८ बजेतिर खाना पस्कन लागेका बेला ५४ वर्षीया आमा राममाया माथि धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले घटनास्थलबाट हतियारसहित निजलाई पक्राउ गरिएको जानकारी दिए ।

उनका अनुसार घटनाको थप अनुसन्धान भइरहेको र यमबहादुरविरुद्ध आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ ।

शरीर र टाउको छुट्टिने गरी भएको हत्याको मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङ लगिएको प्रहरीले जनाएको छ । राममायाको हत्यापछि पूरै गाउँ शोकमा डुबेको छ ।

आमाको हत्या अभियोगमा पक्राउ गरेका यमबहादुर गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आक्रामक प्रस्तुती र क्रियाकलापबाट सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

सम्बन्धित समाचार