11.9k
Shares
सिरहा– सिरहाको धनगढीमाई नगरपालिकाले यहाँका किसानले प्रयोग गरेका कृषि मिटरको विद्युत् महसुल समयमा नबुझाउँदा नेपाल विद्युत् प्राधिकरणले लाइन काट्न सुरु गरेको छ । गहुँ सिँचाइ गर्ने मुख्य समयमा कृषि मिटरको लाइने काटिएपछि किसान समस्यामा परेका छन् ।
नगरपालिकाले दुई वर्षअघिदेखि नगरका किसानको विद्युत् महसुल तिर्ने जिम्मा लिएको थियो । तर, लामो समयदेखि पालिकाले महसुल नतिरेपछि बाध्य भएर ठूला मिटरको लाइन काट्न सुरु गरिएको नेपाल विद्युत् प्राधिकरण लहान वितरण केन्द्रका प्रमुख अवधेश गुप्ताले बताए ।