10.8k
Shares
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबारे ठूलो बयान दिएका छन् । अमेरिकाले गाजाको स्वामित्व लिओस् र गाजाको पुनर्निर्माण गरोस् भन्ने आफूले चाहेको ट्रम्पले बताएका छन् । ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले यस्तो भनेका हुन् ।
‘हामी गाजाको स्वामित्व लिन चाहन्छौं, त्यसपछि गाजामा रहेका खतरनाक बम र अन्य हतियारहरू नष्ट गर्ने जिम्मेवारी हाम्रो हुनेछ । अमेरिकाले ध्वस्त वा जीर्ण भवनहरूको पुनर्निर्माण गर्नेछ र गाजामा आर्थिक विकासलाई प्रवद्र्धन गर्नेछ । यसले गाजाका मानिसहरूलाई रोजगारी र घरहरू प्रदान गर्नेछ’ उनले भनेका छन् ।