8.2k
Shares
हेटौँडा– बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आजका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । भोलिका लागि बोलाइएको बागमती प्रदेशसभा बैठकलाई सहज बनाउने र दलहरूबीच सहमति कायम गर्ने उद्देश्यसहित सभामुख पाठकले आज दिउँसो ३ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।
प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गते मात्र सुरु भएको थियो । उक्त बैठकमा तीनवटा विधेयक पेस गर्ने भनिए पनि दलहरूबीच विशेषगरी बजेट कार्यान्वयनका विषयमा सहमति नजुट्दा विधेयक पेस हुन सकेको छैन । यही कारण आगामी बैठकलाई प्रभावकारी बनाउन सभामुख पाठकले सर्वदलीय छलफलको पहल गरेका हुन् ।